NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देउवा र प्रचण्डसँग वार्ता गर्न एमालेबाट माधव नेपाल बुढानिलकण्ठ पुगे

काठमाडौं । आज साँझ ५ बजेसम्म कुनै हालतमा सरकार गठनका लागि बहुमत जुटाउनुपर्ने भएपछि दलहरु संवादमा जुटेका छन् । कांग्रेसले केपी ओलीलाई विस्थापित गर्न सबै विकल्प खुल्ला राख्न गरेको निर्णय लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट माधव कुमार नेपाल पनि बुढानिलकण्ठ पुगेका छन् । ओलीविरुद्ध कुनै पनि हालतमा बहुमत जुटाउने प्रयास स्वरुप देउवाले छलफलमा दुवै नेतालाई बोलाएका हुन् । एमालेमा असन्तुष्ट रहेका नेपाललाई मनाउन सकिए सिंगो जसपाले साथ दिए पनि ओली पक्षमा बहुमत पुग्दैन । तर, नेपाल पक्षका सांसदले साथ दिए कांग्रेस, माओवादी र जसपाको बाबुराम–उपेन्द्र पक्षलाई बहुमत पुर्याउन सहज हुन्छ । प्रचण्ड र नेपालसँगको छलफललगत्तै देउवाले सर्वदलीय बैठक राखेका छन् । बैठकका लागि माओवादी, जसपाका शीर्ष नेताहरु बोलाइएको जानकारी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए ।

ताजा अपडेट

नेपालवाच विशेष