NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एमालेका नेपाल पक्ष सांसदले सामूहिक राजीनामा दिँदै

काठमाडौँ । विपक्षी दलहरुको पक्षमा बहुमत जुटाउन एमालेको माधव नेपाल समूहले सामूहिक राजीनामाको तयारी गरेको छ । संसदबाट सामूहिक राजीनामा दिनुअघि अहिले नेपाल पक्षमा २७ जना सांसदहरु सिंहदरबारमा भेला भएका छन् । नेपाल पक्षका सांसदमध्ये सोमप्रसाद पाण्डेले सामुहिक राजीनामा दिने निश्चित भएको नेपालवाचलाई बताए । माधव नेपाल सिंहदरबारमै बसेको विपक्षी दलहरुको शीर्ष नेतृत्वको बैठकमा सहभागी छन् । एमालेको नेपाल पक्षका सांसदहरुले संसदबाट सामूहिक राजीनामा नदिदासम्म विपक्षी दलहरुले सरकार गठन गर्न नसक्ने भएपछि नेपाल समूह राजीनामा दिन तयार भएको हो । सांसद पाण्डेले नेता नेपाल विपक्षी दलको बैठकबाट बाहिरिए लगत्तै राजीनामा दिने तयारीमा बसेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष