NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बन्लान् देउवा पाँचौ पटक प्रधानमन्त्री ? १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगे

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गर्न राष्ट्रपति निवास शीतल निवास गएका छन् । धारा ७६ को उपधारा (५) मा उल्लेख छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् । आफ्ना पक्षमा १४९ जना सांसदहरुको हस्ताक्षरसहित देउवाले पाँचौ पटक प्रधानमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । नेपाली कांग्रेसको ६१, माओवादी केन्द्र ४९, नेकपा एमाले माधव नेपाल समूह २७ र जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १२ सांसदको हस्ताक्षर सहित देउवाले आफ्नो पक्षमा बहुमतको दाबी पेश गर्दैछन् । देउवा प्रधानमन्त्री बनेको अवस्थामा उनी पाँचौ पटक प्रधानमन्त्री हुनेछन् । यसपटक प्रधानमन्त्रीमा नियुक्त भएमा कांग्रेसका स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालापछि धेरै पटक प्रधानमन्त्री हुने नेता देउवा नै बन्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष