देउवाले दाबी गरेको बहुमतमा माधव समूहका पाँच सांसदको हस्ताक्षर दुरुपयोग भएको आरोप
काठमाडौं । बहुमतसहित सरकार प्रमुखको दाबी गर्न गएका प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवामाथि सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ । उनले हस्ताक्षरमा नेकपा एमाले माधव नेपाल समूहका सांसदको पनि हस्ताक्षर लिएर शीतलनिवास पुगेका थिए । तर, उक्त हस्ताक्षर पत्रमा एमालेका पाँच सांसदले आफूहरुको पुरानो हस्ताक्षर लिएर दुरुपयोग गरिएको आरोप लगाएका छन् । देउवाभन्दा अगाडि नै प्रधानमन्त्री ओलीले बहुमतको दावीसहित राष्ट्रपतिसमक्ष पत्र बुझाएर फर्किएका छन् । देउवाले एमालेका माधव नेपाल समूहका सांसदको पनि हस्ताक्षर लिएको जानकारी पाएलगत्तै एमालेका पाँच सांसदले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । प्रधानमन्त्री ओलीले कुरा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जानकारी गराएका छन् । एमाले माधव नेपाल समूहका सांसद सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै ओलीलाई जानकारी गराका थिए । यस्तै ओलीले आफू अध्यक्ष र संसदीय दलको नेता समेत रहेका माधव नेपालले दिएको हस्ताक्षर वैध नहुने जिकिर उनले राष्ट्रपतिसमक्ष गरेका छन् । यता कांग्रेस सभापति शेरबहादुर देउवा माधव नेपाल पक्षका २७ सहित १ सय ४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेका छन् ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया