NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गोकुल बाँस्कोटाले भने, ‘धारे हात लाएर के हुन्छ ? जीत खेलाडीको हातमा भएपछि’

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसा बाँस्कोटाले शक्ति हातमा हुनेलाई धारे हात लाएर केही नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपतिसमक्ष बहुमतको दावी गरेपछि बाँस्कोटाले ओलीकै जीत निश्चित रहेको बताएका हुन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बाँस्कोटाले शक्ति हातमा भएकालाई धारे हात लाएर केही नहुने बताएका छन् । यस्तै उनले विपक्षी गठनबन्धनलाई अनाडीको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘धारे हात लाएर के हुन्छ । खेल अनाडीका, जीत खेलाडीका भएपछि । आफैं रन्थनिनु ।’