NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई कारबाही गर्ने बताएको छ । राष्ट्रपति कार्यालयमा पत्र पठाउँदै एमालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका २६ सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने जानकारी गराएको हो । उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने पत्रमा उल्लेख छ । शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् । यस्तै, एमालेका ५ जना सांसदले भने आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै आपत्ति जनाइसकेका छन् ।