NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

उपत्यकामा चार सय ८३ संक्रमित आइसियुमा, एक सय ९७ जना भेन्टिलेटरमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल ४ सय ८३ जना कोरोना संक्रमितको उपचार आइसियुमा भइरहेको छ । स्वास्थ्य मन्त्रालयको शुक्रबारकाे अध्यावधिक विवरण अनुसार काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका ५ सय २९ आइसियुमध्ये ४ सय ८३ आइसियुमा कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, उपत्यकामा भेन्टिलेटरमा उपचार हुनेको संख्या १ सय ९७ रहेको मन्त्रालयले जनाएको जनाएको छ । मन्त्रालयकाे तथ्यांकअनुसार उपत्यकामा २ सय ६० भेन्टिलेटर बेड छन् । शुक्रबारको अध्यावधिक विवरणअनुसार बलम्बुस्थित शसस्त्र प्रहरी बल अस्पतालमा २० जना संक्रमित आइसियु र ९ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा २० जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् । महाबौद्धस्थित वीर अस्पतालमा ३५ जना आइसियु र ६ जना भेन्टिलेटरमा छन् । त्यस्त्र, नेपाल प्रहरी अस्पताल, काठमार्डौंमा ३० जना आइसियु र २० जना भेन्टिलेटरमा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २४ जना आइसियु र १७ जना भेन्टिलेटरमा, त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा ४९ जना आइसियु र २८ जना भेन्टिलेटरमा, पाटन अस्पताल, ललितपुरमा २६ जना आइसियु र १४ जना भेन्टिलेटरमा, निजामती कर्मचारी अस्पताल काठमाडौंमा १५ जना आइसियु र भक्तपुर अस्पतालमा ५ जना आइसियु र एक जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकले उल्लेख छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै, ह्याम्स अस्पताल, धुम्बाराहीमा २० जना आइसियु र १३ जना भेन्टिलेटर, नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटीमा ८२ जना आइसियु र ३९ जना भेन्टिलेटरमा, स्टार अस्पताल सानेमामा १४ जना आइसियु र ८ जना भेन्टिलेटरमा, मनमोहन अस्पताल, स्वयम्बुमा ११ जना आइसियु र ३ जना भेन्टिलेटरमा, नेपाल मेडिकल कलेज अस्पतालमा १८ जना आइसियुमा, काठमाडौं मेडिकल शिक्षण अस्पताल (केएमसी)मा ३६ जना आइसियु र १४ जना भेन्टिलेटर, किस्ट अस्पताल, ग्वार्कोमा १७ जना आइसियु र १३ जना भेन्टिलेटर तथा धुलिखेल अस्पतालमा ४५ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले उल्लेख गरेको तथ्यांकमा सूचीकृत १९ अस्पतालमध्ये ६ अस्पतालमा आइसियु र भेन्टिलेटर भरिएको छ । तथ्यांकअनुसार शसस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल, ह्याम्स अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल मेडिसिटी अस्पताल र स्टार अस्पतालका आइसियु र भेन्टिलेटर दुवै भरिएका छन् । त्यस्तै, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालका आइसियु भरिएका छन् भने भक्तपुर अस्पताल र मनमोहन अस्पतालका भेन्टिलेटरसहितका बेड भरिएका छन् । देशभर व्याप्त कोरोना संक्रमणबाट सबैभन्दा बढि ग्रसित जिल्लाहरु रहेको उपत्यकामा शुक्रबार साँझको अध्यावधिक विवरणकाअनुसार ३३ हजार ९ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौंमा २२ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः ४ हजार ८ सय ६४ र ६ हजार ८ सय ५६ जना संक्रमित रहेका छन् । हालसम्म उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या क्रमशः १ हजार ३ सय ६७, ३ सय ६३ र २ सय ७१ रहेको मन्त्रालयले अध्यावधिक विवरणमार्फत जनाएको छ ।