NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राजेन्द्र लिङ्देनको टिप्पणी– वर्तमान राजनीति प्रणाली र नेतृत्व दुवै असफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व नै असफल रहेको टिप्पणी गरेका छन् । उनले तत्कालीन दिल्ली सम्झौता र त्यसको जगमा भएको ०६२/०६३ को जनआन्दोलनपछि देशमा परिवर्तनका नाममा नेताहरुले गलती गर्दै आएको दाबी गरेका छन् । ‘आज रमिता छ ज‍ो । जबसम्म दिल्लीमा भएको १२ बुँदे सहमतिको जगमा भएको ६२÷६३को आन्दोलन र त्यही आन्दोलनको रापतापमा परिवर्तनका नाममा भएका गल्ती कमजोरीहरू सच्याएर राष्ट्रिय सहमति बन्दैन तबसम्म यो प्रणालीमा जनताले यस्ता रमिताहरू हेरिरहनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘असफल : प्रणाली र नेतृत्व दुवै ।’