NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

योगेश भट्टराईको समर्थन केपीलाई, माधव नेपाललाई पुक्क…

काठमाडौं । नयाँ राजनीतिक घटनाक्रम उत्कर्षमा पुगेका बेला योगेश भट्टराईले कित्ता परिवर्तन गरेका छन् । माधव नेपाल समूहमा रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचनामा उत्रिदै आएका भट्टराईले अन्तिम समयमा नेपाललाई धोका दिएका छन् । उनी सहित ६ सांसदले अहिलेको स्थितीमा शेरबहादुर देउवालाई साथ दिन नसक्ने भन्दै आफुहरुको साथ केपी शर्मा ओलीलाई रहेको स्पष्ट पारेका छन् । उनले समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । नेता भट्टराईले पार्टी एकता जोगाउन आफुले यस्तो निर्णय गरेको बताएका छन् । भट्टराई सहित नेपाल पक्षधर ६ सांसदले संसद् विघटन रोक्ने बेला गरिएको हस्ताक्षरलाई लगेर देउवाले राष्ट्रपति समक्ष बुझाएको आरोप समेत लगाएका छन् । यसअघि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बदमको विरोध गर्दै ५ पुसमा भट्टराईले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसलगत्तै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईलाई लक्षित गर्दै बैगुनी केटोले पुक्क लात्ताले हानेर गएको बताएका थिए । त्यसरी प्रधानमन्त्रीलाई पुक्क लात्ताले हानेर सरकारबाट बाहिरिएका नेता भट्टराई ५ महिनापछि ओलीकै कित्तामा पुगेका हुन् । उनले एकता जोगिने आशले प्रधानमन्त्री ओलीलाई समर्थन गरेको दावी गरेका छन् । उनले यो निर्णय आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन निर्णय भएको टिपणी गरेका छन् । ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ।’ उनले लेखेका छन्, ‘सहि गरेँ की, गलत गरेँ ईतिहासको कठोर मूल्यांकनमा खडा छु ।