NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पत्रकार मुनकर्मीलाई आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमणले गम्भीर बिरामी भई अस्पतालमा उपचारपछि हाल संक्रमणमुक्त भएर घरमा स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजुराम मुनकर्मीलाई नेपाल पत्रकार महासंघ भक्तपुर र उपत्यका प्रदेश समितिले आर्थिक सहयोग प्रदान गरेका छन् । ‘समय समाज’ साप्ताहिकमा आवद्ध मुनकर्मीलाई शाखाको ‘पत्रकार कल्याण कोष’बाट रु पाँच हजार र उपत्यका समितिले ‘कोभिड–१९ उपत्यका पत्रकार राहत कोष’बाट १० हजार रुपैयाँ सहयोग गरेको महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए । त्यसैगरी स्वास्थ्य सामग्रीअन्तर्गत मास्क र स्यानिटाइजर तथा फलफूललगायत पोषण आहार पनि प्रदान गरिएको छ ।