NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने

काठमाडौं । युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए । कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिए ।