NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्ने

काठमाडौं । हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपूर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेकी छिन् । तर उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बंगालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ । मुख्यमन्त्रीले उपनिर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९ सय ५६ मत अन्तरले पराजति भएकी थिइन् पश्चिम बंगालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल कांग्रेसले मुख्यमन्त्री बनाएको हो । त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए । ‘पार्टीका सबै नेताहरूले छलफल गरी यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ,’ चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग भने, ‘त्यहाँ कुनै दबाब छैन । सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो । मैले उहाँसँग कुरा गरें । यो उहाँको नै सीट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो ।’