NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जापान र श्रीलंका भ्रमणका नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई अपील

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम उच्च भएको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई जापान र श्रीलंका भ्रमण नगर्न अनुरोध गरेको छ । ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार यी दुई देशमा नजान आफ्ना नागरिकलाई अनुरोध गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ । त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ । उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ । यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ । एजेन्सी