NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आगामी रणनीति तय गर्न सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल

काठमाडौं । विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीविरुद्ध आगामी रणनीति तय गर्न सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल जारी छ । विपक्षी ५ दलका सांसदले सोमबार सर्वोच्चमा रिट दिएका थिए। देउवासहित १४६ सांसदले प्रतिनिधि सभा विघटनविरूद्ध रिट दिएका थिए । अब कसरी अगाडि बढ्ने भन्नेबारे अहिले विपक्षी दलहरू छलफलमा जुटेका हुन् । नेता नेपाललाई सोमबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले कारवाही गरेको थियो । यसैबीच देउवाले बुधबार बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन् ।