NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाबाट मृत्यु भएमा परिवारलाई ५० हजार दिने गाउँपालिकाको निर्णय

दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोराना संक्रमणबाट कसैको मृत्यु भएमा मृतकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकको परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँ पालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । पालिकामा अहिले ६५ जना कोरोना संक्रमित रहेका छन् । अध्यक्ष सिंहका अनुसार पालिका भित्र कोरोनाबाट २ जनाको ज्यान गइसकेको छ । कोरोना संक्रमित बिरामीको पालिकाले निःशुल्क उपचार पनि गरिरहेको अध्यक्ष सिंहले जानकारी दिए ।