NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गण्डकी प्रदेश सभा जेठ १६ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो । प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले अधिवेशन डाकिएको बताइएको छ ।