NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बजेटले बजार चलायमान बनाउने गरि अर्थतन्त्रका मुद्दाहरुको सम्बोधन गर्नुपर्छ : शेखर गाेल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणदेखिको कोरोनाले ढलेको अर्थतन्त्र पुरानै लयमा फर्काउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको छ । पहिलो लहरले थला पारेको अर्थतन्त्रलाई दोस्रो लहरले झन् थिलोथिलो पारेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले बजेटमा विशेष ध्यान दिन अनुरोध गरेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गत वर्ष महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नकारात्मक दिशामा गएको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दास्रो लहरले पुनः अर्थतन्त्रर्ला ठप्प पारेको बताए । उनले आगामी बजेटमार्फत सरकारले यो अवस्थाको सम्बोधन गर्नुपर्ने बताए । उनले कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सेवा सुधार, खोप सहितको उपचार सेवालाई सुदृढीकरण गराउनुपर्ने पहिलो आवश्यकतासँगै अर्थतन्त्र चलायमान बनाउने विषय पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औंल्याए । उनले अहिलेको निषेधाज्ञाका कारण ९० प्रतिशतभन्दा कम आर्थिक गतिविधि मात्रै चलेको बताए । ‘अर्थतन्त्र चलायमान बनाउन प्रभावित क्षेत्रको वर्गिकरण गरी व्यवसायीले अनुभूत हुनेगरी बजेटमा आवश्यक व्यवस्था गरिनुपर्छ’, उनले भने । https://www.youtube.com/watch?v=iKQhkq9_AxE