NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

के गर्‍याे कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकले ?

काठमाडौं । कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकले कोरानाको खोप आयातलाई पहिलो प्राथमिकतामा राखेको छ । समितिको पहिलो बैठकले कोरोनाविरुद्धको खोप आयातलाई पहिलो प्राथमिकतामा राखेको हो । बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारको प्राथमिकतमा कोरोनाविरुद्धको खोप ल्याउने विषय सरकारले कुनै अलमल नगर्ने बताएका थिए ।साथै, ओलीले कोभिड–१९ संकट व्यवस्थापन समितिलाई कोरोनाविरुद्ध प्रभावकारी काम गर्न पनि निर्देशन दिएका छन् । समितिमा बालानन्द शर्मालाई प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताए । यसका जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिए । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो’, उनले भने । सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताए । यसका साथै प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्नेसमेत बताए । ‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ?कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ‘ , उनले भने, । उपकरण र संशाधनको तत्काल आपूर्तिका लागि केन्द्र र स्वास्थ्य मन्त्रालयको खरिद युनिटबीच समन्वय हुनेपर्ने पनि प्रधानमन्त्रीले बताए । विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गरे । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गरे । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएकोसमेत प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले कानुनी अड्चन आए फुकाएर भए पनि कोभिडविरुद्धको काममा सरकारले सबै शक्ति लगाउने बताएका थिए ।यो समिति कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको हो । यस अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीले प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । यो समितिमा अहिले पूर्व रथी बालानान्द शर्मा ल्याइएका छन् । सरकारले अमेरिका, बेलायतसहितका देशबाट कोरोनाविरुद्धको खोप अयातको प्रक्रिया अघि बढाएको छ ।