NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बलात्कार आरोपमा खुदीका दुर्गाबहादुर पक्राउ

स्याङ्जा । बलात्कार आरोपमा प्रहरीले मंगलबार बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको हो ।