NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मोटरसाइकल दुर्घटनाबाट बच्ने उपाय

हरेक युवालाई मोटरसाइकल राइडिङ सायद मन पर्छ । उनीहरू ठूला सडकमा हावासँग गफ गर्दै लङ ड्राइभिङ गर्न चाहन्छन् । तर, यस्तो सौख कहिलेकाहीँ दु:खद अन्त्यको रूपमा पनि परिणत हुन सक्छ । त्यसैले सुरक्षित तरिकाले बाइक राइडिङ गर्नका लागि केही टिप्स दिएका छौँ : १. बाइक चलाउँदा सधैँ हेल्मेटको प्रयोग गर्नुहोस् । यसले दुर्घटना भइहाल्यो भने पनि तपाईंको ज्यान जोगिने ९० प्रतिशत चान्स दिन्छ । २. बाइक स्टार्ट गर्दा साइड स्ट्यान्ड माथि सार्न नबिर्सिनुहोस् । स्ट्यान्ड लगाएरै बाइक चलाइयो भने दुर्घटना हुन्छ । ३. पूरै सडक ओगटेर बाइक राइड नगरौँ । आफ्नो साइडमा मात्र चलाऔँ । ४. भिडभाडमा बिस्तारै कुदाऔँ । गियर घटाऔँ । ५. बायाँतर्फबाट मात्र ओभरटेक गरौँ । ६. टर्न गर्दा इन्डिकेटर बाल्न नबिर्सौंं । ७. हात र खुट्टा दुवैको ब्रेक प्रयोग गरौँ । ८. प्रतियोगितामै भाग लिएको जस्तो गरेर स्पिडमा नकुदाऔँ । त्यस्तै, गतिमा ओभरटेक नगरौँ ।