NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चन्द्रागिरीका नगर प्रमुख गिरीलाई कोरोना पुष्टि

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार हल्का ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणमा गिरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । नगरपालिकाका अनुसार हाल नगरपालिकाभित्र चार हजार ५२ जना कोरोना भाइरसको संक्रमित छन् । तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय संक्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र हालसम्म ४६ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ ।