NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कोभिडलाई देखाएर सरकारले झन् आतंक थप्यो : कांग्रेस

काठमाडौं । कांग्रेसले कोभिड–१९ को महामारी देखाएर सरकारले नागरिकमा आतंक फैलाएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले कोभिडको भरपर्दो उपचार देखाउनुपर्नेमा उल्टै नागरिकमा आतंक फैलाएको निष्कर्ष निकालेको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । ‘कांग्रेसले कोभिड महामारीका विषयमा महत्वपूर्ण छलफल गरेको छ । बढ्दो महामारी नियन्त्रणको लागि यस अघि प्रधानमन्त्रीलाई १५ बुँदै ध्यानाकर्षण पनि बुझाएका थियौं ।’ महतले भने, ‘तर, सरकार कोभिड रोक्ने भन्दा यसको आडमा राजनीति गर्दैछ । जनतालाई आतकिंत बनाउँदै दुई तीन दिनमा किनमेल गर्न भन्दै उर्दी जारी गरिरहेको छ ।’ सरकारले १४ देखि २१ जेठसम्म काठमाडौं उपत्यका ठप्प पार्ने निर्णय गरिसकेको छ । यसका लागि बुधबा र बिहीबार दुई दिन एक हप्ताको लागि खाद्यान्नसहितका सामग्री किन्नका लागि सरकारले समय दिएको छ । अस्तापल, बेड, दुर्गम गाउँमा परीक्षण र नागरिकमा महामारीबाट छुटकारा गराउनुपर्नेमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थशिद्ध गर्ने सरकारको प्रयासप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । महामारीपछिको बन्दमा एकातिर स्वास्थ्यको जोखिम र अर्कोतिर जिविकोपार्जनको समस्या भएको भन्दै उनले तत्काल राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।