NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीद्वारा समकक्षी कोविन्दलाई पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन् । मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको उनले बताए । नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन् ।