NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा कोरोना जित्नेको संख्या धेरै रहेको छ । मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।