NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सोलारबाट बिजुली उत्पादन हुने

तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ । नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन जडान गरिएपनि शुक्लागण्डकी नगरपालिकावासीले विद्युत जाने समस्या भोग्नुपरेपछि त्यसको विकल्पमा सोलारबाट विद्युत उत्पादन गर्न लागिएको हो । रातको तुलनामा दिनमा झण्डै नौ/दश पटकसम्म विद्युत जाने समस्याले सास्ती भोग्नुपरेपछि नगरपालिकाका व्यवसायी र एनआरएनएको एमसीआई ग्रुपसहितको संयुक्त लगानीमा विद्युत उत्पादन गर्न लागिएको फार्मका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । शुरुमा उत्पादित विद्युत प्राधिकरण दमौली सवस्टेशनलाई दिने सहमति भएपनि अहिले बेलचौतारामा सबस्टेशन निर्माण भएपछि फार्मलाई फाइदा पुगेको छ । बेलचौताराबाट दमौली सवस्टेशनसम्म लैजादाँ झण्डै तीन करोड रुपैयाँ खर्च हुने देखिएपनि नगरपालिकामा सबस्टेशन बनेपछि धेरै रकम खर्च हुनबाट जोगिएको उनले बताए ।