NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नयाँ संक्रमित भन्दा दुई हजार आठसय बढी संक्रमणमुक्त, ९६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको भन्दा संक्रमण मुक्त हुनेको संख्या अत्यधिक देखिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा सबैभन्दा धेरै ९ हजार ८ सय ४१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो संख्या अहिलेसम्मकै धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो एक महिनायता पहिलोपटक मृतकको संख्यामा पनि कमी आएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ९६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा देशभर ६ हजार ९ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।