NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुने यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका अनुसार थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ ।