NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुर्खेतमा निषेधाज्ञा दश दिन लम्बियो

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा थप दश दिन लम्बिएको छ । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । ‘कोरोना संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘जेठ २५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।’ हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा शुक्रबार एक महिना पुगेको छ ।