NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आधा कैद माफी दिएर चार सय ३० कैदी छाड्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आधा कैद माफी दिएर चार सय ३० कैदीलाई छाड्ने निर्णय गरेको गरेको छ । गणतन्त्र दिवसको अवसरमा शनिबार ठूलो संख्यामा कैदी छाड्न लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले चार सय ३० कैदीको आधा कैद माफी दिने निर्णय भएको छ । कैदको माफी मिनाहा फौजदारी न्याय प्रणालीको विकृती बनेको भनेर आलोचना हुँदै आएको छ । तर, सरकारले भने गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसमा गरेर वर्षमा ३ पटक कैदीलाई आधा सजायँ माफी दिएर छाड्दै आएको छ । ‘नेगेटिभ’ सूचीको मुद्दामा जेलमा रहेका कैदी नछुटेपनि कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दाका कैदीलाई छाड्ने गरिएको छ । शनिबार छुट्नेमध्ये धेरै कर्तव्य ज्यान मुद्दाका कैदी छन् । कारागार व्यवस्थापन विभागका निमित्त महानिर्देशक वेदनिधि अधिकारीले सरकारको निर्णयअनुसार चार सय ३० कैदी शनिबार छाडिने बताए ।