NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जीवनको आयु लम्ब्याउने ७ टिप्स

काठमाडौँ । सबैको चाहना हुन्छ कि लामो समयसम्म बाँच्ने । तर, आफ्नो जीवनको आयु लम्ब्याउन कहिल्यै केही सोच्नुभएको छ ? यदि छैन भने आजैको दिनदेखि यस्ता कुरामा विशेष ध्यान दिनुस् : – लामो र सुखी जीवन चाहनुहुन्छ भने तनावलाई टाढा राख्न आवश्यक हुन्छ । किनभने, तनावको स्नायुसम्बन्धी रोगसँग सीधा सम्बन्ध हुन्छ । विश्वका कैयौँ देशमा तनावलाई टाढा राख्न फरक–फरक शैली अपनाइएको पाइन्छ । – पछिल्लो समय संयुक्त परिवारको संस्कार बिस्तारै हट्दै गएको छ । तर, संयुक्त परिवार पनि घरमा खुसी छाउने एउटा माध्यम हो । जहाँ बच्चाले एक–अर्काबाट संस्कार सिक्छन् । अनि तनाव दूर गर्ने र स्वस्थ रहने आइडिया लिन्छन् । – सामाजिक काममा सक्रिय रहँदा पनि लामो जीवन बाँच्न सहयोग मिल्छ । किनकि, यसबाट पनि तनावबाट टाढा रहन सकिन्छ । जुनसुकै कामलाई पनि एक्लै फत्ते गर्न सक्छु भन्ने कुरा दिमागबाट हटाउन जरुरी हुन्छ । – स्वस्थ रहन र लामो समयसम्म बाँच्न व्यायामलाई जीवनशैलीको अंग बनाउन जरुरी छ । व्यायामले फिट र सुन्दर मात्र बनाउँदैन, विभिन्न रोगबाट टाढा राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । व्यायामका लागि स्विमिङ, साइक्लिङ, मर्निङवाक गर्न सक्नुहुन्छ । – धूम्रपान र मद्यपानबाट टाढा रहँदा कैयौँ शारीरिक खतराबाट टाढा रहन सकिन्छ । यस्तो पदार्थको सेवनले पारिवारिक जीवनलाई पनि तनावग्रस्त बनाउँछ । जसले तनाव बढाउँछ । – सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ । जीवनलाई सुन्दर बनाउन चाहनुहुन्छ भने सकारात्मक सोच निकै महत्वपूर्ण हुन्छ । सकारात्मक सोचले जहिले पनि सकारात्मक परिणाम ल्याउँछ । र, ऊर्जा पनि प्राप्त हुन्छ । अनि जीवन खुसी हुन्छ । – खानामा फाइबर, भिटामिन, मिनरल्सयुक्त खाद्यपदार्थको नियमित प्रयोग गर्न जरुरी हुन्छ । यसमा हरियो तरकारीको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ ।