NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोटेश्वर–जडिबुटी सडकखण्डमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

काठमाडौं । सरकारले उपत्यकाको सबैभन्दा बढी जाम हुने क्षेत्र कोटेश्वर–जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसका लागि एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको सरकारका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ट्राफिक जाममा धेरै पर्ने क्षेत्रमा जाम घटाउनका लागि वैकल्पिक मार्ग आवश्यक रहेको भन्दै सुरुङमार्ग निर्माण गरिने र त्यसका लागि एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको हो । सरकारले अब बन्ने सडकखण्डमा सुरुङमार्ग निर्माणमा बढी प्राथामिकता दिने बताउँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।