NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रादेशिक अस्पताल सुधार गर्न उच्च स्तरीय समिति गठन

जनकपुरधाम । प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा सुविधा सुधार गर्न उच्च स्तरीय समिति गठन गरेको छ उक्त समितिलाई चार दिनभित्र सुधारका लागि आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रादेशिक अस्पतालका सेवा सुविधा सम्बन्धमा व्यापक जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको समग्र अवस्थाको विश्लेषण गर्न सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकसँग आज छलफल गरेको छ । मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेसु, कार्यरत चिकित्सकसँग स्तरीय चिकित्सकीय सेवा प्रवाहमा कसरी अब्बल हुन सक्ने भन्दै प्रश्न गरेको थियो । छलफलमा सहभागी चिकित्सकहरुले प्रादेशिक अस्पतालमा देखिएका समस्याका बारेमा खुलस्त रुपमा आफ्ना धारणा राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । चिकित्सकहरुसँगको छलफल र सुझावको आधारमा प्रादेशिक अस्पतालको समग्र सुधार गर्न भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन तयार गर्नुपर्ने भन्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा ३ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ । समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो । चार दिनको समय सीमा पाएको समितिले उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गाँभिदा संरचनागत परिवर्तन लगायतका विषय र सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको सचिवालयले जनाएको छ ।