NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसद् विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा, इजलासका न्यायाधीशबारे निर्णय सोमबार हुने

काठमाडौं । संसद् विघटनविरुद्ध परेका मुद्दा सोमबार संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । आइतबारको बहसमा ति मुद्दाहरुको प्रथम सुनुवाई पनि सकिएन । आइतबार अधिकांश समय इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका विषयमै विवाद भयो । आइतबारको सुनुवाईमा मुद्दामाथिको प्रथम सुनुवाई नसकिएकाले भोलि ती मुद्दामाथि सुनुवाई हुने सर्वोच्च प्रशासनले जानकारी दिएको छ । आजको इजलासमा रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै आपत्ति जनाएका थिए । यही विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ नै नभएको थियो । सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने बताएको छ । आजको बहसमा न्यायाधीश हटाउन माग गरिएपछि चर्काचर्की भएको थियो । उक्त चर्काचर्किमा अधिवक्ता सम्भु थापाले त प्रधानन्यायाधीश समेतलाई बिदामा बस्न सुझाव दिएका थिए । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वकिललाई न्यायाधीश छनोटको अधिकार नभएको जवाफ फर्काएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष