NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमाले फुटाउन खोज्ने कांग्रेस हो : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कांग्रेसले एमाले र जसपालाई फुटाउनका लागि प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । न्युज एजेन्सीसँगको कुराकानीमा मन्त्री ढकालले प्रधानमन्त्री बन्न भन्दा एमाले र जसपा फुटाउने नियतले कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा दाबी गरेको आरोप लगाएका हुन् । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन लिएर प्रधानमन्त्री बन्छु भन्नु नै अलोकतान्त्रिक भएको उनको भनाई थियो । ‘आगामी आम निर्वाचनमा जसपा र एमालेलाई विभाजन गर्न आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनशायका साथ नेपाली कांग्रेसले अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत हो,’ ढकालले भने, ‘दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्दैन ।’