NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जेठ १८ गतेदेखि तीन मुलुकमा हुने भनिएको उडान अनिश्चित

काठमाडौं । सरकारले भोली जेठ १८ गतेबाट चीन, टर्की र कतारमा गर्ने भनेको हवाइ उडान नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार केसीले उडान कार्यन्वयन गर्नेबारे चिठी अझै आइनसकेको जानकारी गराए । जसकारण तत्कालका लागि उडान अनिश्चित हुने भएको हो । उनका अनुसार यो कार्यन्वयन्मा आउन अझै केही साता लाग्न सक्छ । ‘उडान कार्यन्वयन गर्नेबारे मन्त्रालयबाट चिठि आइपुगेको छैन,’ उनले भने, ‘सायद भोलिबाट हुने भनिएको उडान अब २३ गतेको लागि सरेको छ ।’ गएको हप्ताको मन्त्रीपरिषद्को निर्णयले तीन मुलुकमा हप्ताको एकदिन हवाइ उडान सुरु गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेपछि सरकारले गत वैशाख २० गते आन्तरिक र २३ गते अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । यद्यपी भारतसँग भने एयर बबल सम्झौता अन्तर्गत हप्तामा एकदिन उडान भइरहेको छ ।