NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो । डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन् । सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ । घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंको कीर्तिपुरमा ल्याएर उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।