NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । पूरै विश्व आक्रान्त भइरहँदा सहजै कोरोनामाथि जित पाएको चीनमा पुनः संक्रमण बढ्न थालेको छ । चीनको ग्वान्झाओमा मे ३० कोरानाको १८ नयाँ संक्रमितहरू देखा परेका थिए । यसका कारण सो क्षेत्रमा हवाइ उडान बन्द गरिएको छ । चीनको नेशनल हेल्थ अथोरिटीले २७ संक्रमितमध्ये ७ बाहिरबाट आएकाहरू भएको बताएको छ । अधिकारीहरूका अनुसार ३० मे मा पुष्टि भएका २० संक्रमितमध्ये १८ संक्रमित ग्वान्झाओका छन् । यस्तै यता बेलायतमा भने तेस्रो लहरको सुरुवाती संकेत मिलेको चेतावनी दिएका छन् । सरकारलाई सुझाव दिने एक वैज्ञानिकले भनेका छन् , ‘त्यहाँ महामारीको तेस्रो लहरको सुरूआती संकेत मिलेको छ ।