NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्पष्टीकरणको जवाफ नदिएपछि ओली पक्षका सांसदलाई नसिहतपत्र सहित कारबाहीको चेतावनी

काठमाडौं । सदूरपश्चिममा माधवकुमार नेपाल समूहले ओली समूहका सांसद पठानसिंह बोहरालाई नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएको छ । आफैं उपस्थित भएको संसदीय दलको बैठकबारे बाहिर भ्रम फैलाएको भन्दै प्रदेशसभा कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर, सांसद् बोहराले हालसम्म त्यसको जवाफ दिएका छैनन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कडा कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेपनि बोहराले दिएका छैनन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् । पुनः प्रदेशसभा दलको निर्णयको उल्लंघन गरेमा थप कारवाही हुने चेतावनी दिइएको छ । बोहराले गत बुधबार बसेको प्रदेशसभा संसदीय दलले स्थायी कमिटीको निर्देशन विपरीत निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका थिए ।