NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपाल प्रहरीकी इन्सपेक्टर गृह मन्त्रालयद्वारा बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्रहरी निरीक्षक(इन्सपेक्टर)लाई बर्खास्त गरेको छ । जानकारी नदिई लामो समय कार्यालय नआएको आरोपमा इन्सपेक्टर लक्ष्मी थापालाई मन्त्रालयले सेवाबाट हटाएको हो । इन्सपेक्टर थापा नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत थिइन् । गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहिन भएकी थिइन् । स्रोतका अनुसार जागिर छाडेर उनी विदेश गइसकेकी छिन् । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमै सूचना समेत प्रकाशित गरेको थियो । उनले कुनै जवाफ नदिएपछि गत साता सेवाबाट हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । प्रहरी सेवामा दु:ख धेरै तथा सेवा सुविधा कम भएकाले यसरी केही वर्षमै जागिर छाड्ने प्रवृत्ती छ । प्रहरी अस्पतालका चिकित्सकहरु समेत छोटो अवधिमै जागिर छाड्ने गरेका छन् । त्यस्तो समस्या समाधान गर्न गृह मन्त्रालयले प्रहरी नियमावली संशोधन गरी उनीहरुलाई अध्ययन विदाको सुविधा हेरफेर गरिएको थियो ।  यो पनि पढ्नुहोस् अश्लील फिल्म खेलेको आरोपमा एक प्रहरी निलम्बित मदिरा चोर्ने असइसहित तीन प्रहरी निलम्बित अनियमितता आरोपमा नेपाल प्रहरीका दुई एसपी कारबाहीमा