NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पार्टी एकताका लागि नेतृत्वले अन्तिमसम्म पनि प्रयास जारी राख्ने

काठमाडौं । मंगबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी विभाजन हुन नदिन पार्टी नेतृत्वले अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरू सहभागी भएको बैठकले आन्तरिक एकतालाई सुदृढ पार्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एकताका लागि भइरहेका प्रयासहरूबारे पनि बैठकमा कुराकानी भएको ज्ञवालीले बताए । केही समयअघि दुबै पक्षका नेताहरू सम्मिलित गरेर बनाइएको कार्यदलको अस्तित्व भने सकिइसकेको तर आवश्यकता परे पुनर्गठन गर्न सकिने ज्ञवालीले बताए । ‘केही नेताहरू कारबाहीमा पर्नुभएको छ। त्यो कार्यदल अहिले अस्तित्वमा छैन। आवश्यकता पर्‍यो भने कार्यदल पुनर्गठन हुन्छ,’ ज्ञवालीले भने।