NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अब खाडी तथा मलेसियाबाट फर्किने नेपालीलाई पाँच दिन होटल क्वारेन्टाइन बसे पुग्ने

काठमाडौं । रोजगारीका लागि खाडी मलुक तथा मलेसियाबाट फर्किने नेपालीलाई पाँच दिन मात्र होटेल क्वारेन्टाइन बसे पुग्ने भएको छ । सरकारले उडान अनुमति खुला गरे ती मुलुकबाट फर्किने नेपालीका लागि नयाँ मापदण्ड बनाएको हो । यसअघि १० दिन होटेल क्वारेन्टाइन अनिवार्य गरिएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक मा साताका एक÷एक दुईतर्फी उडान खुला गरेको छ ।वैदेशिक रोजगारीबाट आउने यात्रुले पाँच दिन अनिवार्य होटेल क्वारेन्टाइन र रिपोर्ट नेगेटिभ आएपछि १० दिन होम क्वारेन्टाइन बस्नेगरी घरसम्म जान दिइने मापदण्ड बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो बताए । तर, आकस्मिक अवस्थाका बाहेक अन्य यात्रुलाई भने १० दिन नै होटेल क्वारेन्टाइन बस्नुपर्ने भएको छ । नेपाल आउने नेपाली या विदेशी जो भए पनि सामान्य अवस्थामा अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्ने कोइरालाले जानकारी दिए । पीसीआर रिपोर्ट भने पुरानै मापदण्ड अनुसार ७२ यताकै जाँच गरिएको हुनुपर्नेछ । साथै यात्रुसँग होटल बुकिङको प्रमाण चाहिनुका साथै होटल क्वारेन्टाइन बस्दा लाग्ने खर्च पनि यात्रु आफैंले तिर्नुपर्नेछ ।