NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोना अपडेट : ६ हजार ८५ संक्रमित, ६ हजार ८९८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै, २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् । मंगलबार मृत्यु हुनेको संख्यामा भने आधाले कमी आएको छ । एक सातादेखि एकसयको हाराहारीमा रहेको मृत्यको संख्या मंगलबार केही कम भएको हो । देशभरमा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।