NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

किन चिलाँउछ हत्केला ? यस्ता छन् चार कारण

प्राय मानिसहरुले हत्केला चिलाउनुलाई आयव्यय संग सम्बन्धित रहेको ठान्छन् । यो एक परम्परागत सोचाई हो । जसअनुसार दाहिने हत्केला चिलायो भने आफूसँग रहेको पैसा जान्छ र देब्रे हत्केला चिलायो भने पैसा आउँछ भन्ने चलन छ । तर चिकित्सक भने यो कुरालाई मान्दैनन् । यो एक किसिमको शारीरिक प्रकृया जस्तै हो । हात चिलाउनु रोग नभएपनि विभिन्न तत्वको परिणाम भने हो । तर हत्केला चिलाउनुको पैसा संग भने कुनै सम्बन्ध छैन । कतिपय अवस्थामा यो रोगको संकेत पनि हुन सक्छ । यसबारे केही जानकारी : छालामा समस्या छालाको समस्याले पनि हत्केला चिलाउन सक्छ । छालासम्बन्धि रोगले औलाहरुमा प्रभाव पार्छ । गर्मी र जाडोमा छाला सुख्खा हुदाँ छाला चिलाउँछ । खानेकुरामा एलर्जी खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैमा कुनै खाने कुराले तत्काल असर गर्ने भएकाले यसको प्रत्यक्ष असर हातमा पनि पर्छ । अण्डा, बदाम, दुधजन्य खानेकुराले एलर्जी आउँछ । झिंगाको संक्रमण झिंगा हत्केलाको माथिल्लो भागमा बस्दा यो समस्या आउन सक्छ । विशेषगरी बच्चा र बृद्धबृद्धमा यो समस्या बढी हुने गर्दछ । कोषहरु वुद्धि छालाको कोषहरुमा आउने तिव्र वृद्धिका कारण पनि हत्केला चिलाउने गर्दछ । कतिपय अवस्थामा कन्याउने गर्दा पनि यस्तो हुन्छ । कोषहरु छालाको सतहमा जम्मा भएपछि यो समस्या हुने गर्दछ । सुख्खापन प्रायजसो छालामा आउने सुख्खापनका कारण यस्तो समस्या आउने गर्दछ । तसर्थ सकेसम्म बाहिर हिँड्दा लोसन वा अन्य चिल्लो पार्ने क्रिमहरुको प्रयोग गर्नु उत्तम हुन्छ ।