NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु

मुगु । कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षका पुरुष रहेका छन् । उनलाई अस्पताल ल्याउनेक्रममा मंगलबार बाटोमा नै मृत्यु भएको बताइएको छ। उनि एकहप्तादेखि बिरामी हुँदा पनि अस्पताल नगएर घरमा नै जडिबुटी सेवन गर्दै आएका थिए । उनको मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । जिल्लामा हालसम्म २९४ जना कोरोना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।