NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

थापाको निधनमा प्रधानमन्त्रीबाट दु:ख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दु:ख व्यक्त गरेका छन् । साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि फरक तरीकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’ प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।