NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अबदेखि चार देशमा नियमित हवाई उडान सुरु

काठमाडौं । सरकारले भारतसहित अन्य तीन देशमा अन्तर्राष्ट्रिय हवाई उडान खुलाएको छ । गएको हप्ताको मन्त्रीपरिषद्को बैठकले टर्की, चीन र कतारमा नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो । भारतसँग भने एयर बबल सम्झौता बमोजिम हप्तामा दुई उडान चालु अवस्थामा नै छ । हरेक बुधबार नेपाल एयरलाइन्स र शुक्रबार एयर इन्डियाले यो सम्झौतामार्फत उडान गर्दै आएका छन् । यस सम्झौता अन्तर्गत नेपाल र भारतका नागरिकमात्रै आउजाउ गर्न पाउनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार केसीका अनुसार अब भने टर्किस एयरलाइन्सले हरेक हप्ता बिहिबार उडान अनुमति पाएको छ । कतारमा हरेक सोमबार दिनको दुई उडान हुनेछ । त्यस्तैगरि चीनमा पनि सातामा दुईवटा उडान हुने उनले बताए । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट आउने नागरिकका लागि दश दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान तोकेको छ । मलेसियासगायत खाडी मुलुकबाट आउनेहरुका हकमा भने पाँच दिन होटल क्वारेन्टिन र १० दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेपछि सरकारले बैशख २० गतेबाट आन्तरिक र २३ गतेबाट भारतवाहेक सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।