NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विश्वकप छनोटमा आज नेपाल चाइनिज ताइपेईसँग खेल्दै

काठमाडौं । विश्वकप छनोट खेलअन्तर्गत दोस्रो खेलमा आज नेपालले चाइनिज ताइपेइसँज प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो खेलमा इराकसँग फराकिलो हार व्यहोरेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण र दवावमुलक पनि छ । सन् फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आजेको खेलमा जित निकाल्दै तेस्रो चरणमा पुग्ने अपेक्षा गरेको छ । समूह ‘बी’को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ । ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ । नेपाली समय अनुसार नेपाल र चाइनिज ताइपेईबीचकाे खेल आज राति ९:४५ मिनेटमा हुनेछ । समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ । दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५/५ खेल खेल्दा समान १०/१० अंक जोडेका छन् । नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन ।