NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

घाँटीमा लिचिको दाना अड्केर ६ महिने शिशुको मृत्यु

कञ्चनपुर । लिचिको दाना घाँटीमा अड्किँदा कञ्चनपुरमा ६ महिने शिशुको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्नपुरका अनुसार बुधबार दिउँसो शिशुको घाँटीमा लिचीको दाना अड्किएपछि महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको हो ।