NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको हो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारत ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राति मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले जानकारी दिए । डा.रजौरियाका पति–पत्नी नै कोरोना भाइरसको संक्रमित बनेका थिए । पत्नी डा.हसिना वानु संक्रमणमुक्त भए पनि सिकिस्त डा.रजौरियाको उपचार चलिरहेको थियो। उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । गुरूङका अनुसार काभिड १९ का कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।