NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भेरी अस्पतालको घटनामा छानबिन प्रतिवेदनः अस्पतालकै कमजोरीले घटना भयो (प्रतिवेदनसहित)

काठमाडाैं । नेपालगन्जस्थित भेरी अस्पतालमा १३ जेठमा चिकित्सक तथा स्वस्थ्यकर्मिमाथि भएको आक्रमणबारे छानबिन गर्न गठन गरिएको समितिले अस्पताल प्रशासनको कमजोरी औंल्याउँदै प्रतिवेदन सार्वजनिक गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठक गरिएको समितिले गरेको छानबिन प्रतिवेदन बुधबार साँझ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सावर्जनिक गरेका हुन् । गेलालका अनुसार प्रतिवेदनमा घटना सुनियोजित नभएको र डाक्टर र नर्समाथि मृतकका आफन्तले आवेगमा आएर कुटपिट गरेको देखिएको बताएको छ । उनले भने, ‘हामीले उक्त घटनामा सम्बन्धित जसजसलाई नियन्त्रणमा लिएका छौं उनीहरुलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस गरिएको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा पनि सुधार गर्नुपर्ने कुरा देखिएकाले हामीले त्यो कुरा पनि प्रतिवेदनमा समेटेका छौं ।’ गत साता चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना घटेपछि सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ जनाको छानबिन समिति गठन गरिएको थियो, जसको पाँच दिनपछि छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘प्रतिवेदनमा अस्पतालको सुरक्षाको पाटो र अस्पतालमा सुधार्नुपर्ने कुराहरु पनि समेटिएका छन् । मृतकका आफन्तले रिस थाम्न नसक्दा गालीगलौज र हातपात भएको देखिन्छ ।’ अस्प्तालमा कुटपिटको घटना घटेपछि भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्इकर्मिहरु निरन्तर आन्दोलनमा छन् । हरेक दिन साँझ एक घण्टा उनीहरुले सांकेतिक विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच अस्पतालमा घटेको घटनालाई लिएर चौतर्फी विरोध पनि भएको थियो ।तर, निष्पक्ष छानबिनको लागि बनाइएको समितिले भने अस्पताललाई नै दोषीको रुपमा इंकित गरेको छ । २५ बुँदा लामो प्रतिवेदनमा स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्नेदेखि अस्पतालको कमिकमजोरी हटाउनलाई सुझाव समेत दिइएको छ । गेलालका अनुसार अस्पतालमा आन्तरिक व्यवस्थापनतर्फ सुधार, संघीय र प्रदेश सरकार तथा स्थानीय प्रशासनमार्फत सुधार गर्नुपर्ने कुराहरु प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनमा अस्पतालमा सेवाग्राहीलाई सेवा लिन भौतारिनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको कमजोरी औल्याइएको छ । त्यस्तै, अस्पतालमा सूचना सम्प्रेषणको प्रभावकारी संयन्त्रको विकास हुन नसकेको, र स्थायी दरबन्दी समेत पुर्ति हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चिकित्सकमाथि भएको कुटपिटसँग सरोकारनै नराख्ने विषयमा समेत छानबिन प्रतिवेदनमा कमजोरीहरु औल्याइएका छन् । अस्पतालमा जनशक्ति कम भएकाले कार्यसम्पादनमा चुस्तता आउन नसकेको, आइसियु क्षमा अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउन नसकेको, बिरामी कुरुवाको आवागमनलाई व्यवस्थित गर्न नसकेको, हरेक वार्डमा सिसि क्यामेरा जडान नभएकोजस्ता बुँदाहरुलाई प्रतिवेदनमा छानबिन समितिले समेटेको छ । गत साताको घटनामा अस्पतालको कमजोरी देखाउँदै अस्पतालमा आपतकािलन र दीर्घकालीन सुधारको पक्षमा ध्यान दिनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा दिइएको सुधारमा सेवाग्राहीलाई सहज सेवा प्राप्तीको लागि सहायता कक्षलाई प्रभावकारी बनाउने, सुचना संयन्त्रलाई बलियो बनाउने, सूचना प्रवाहका लागि प्रवक्ता वा सुचना अधिकारी तोकि क्षमता अभिवृद्धि गर्ने जस्ता बुँदा उल्लेख गरिएका छन् । सँगै अस्पतालमा कार्यरत सबै जनशक्तिले आफूलाई सेवकका रुपमा लिई सेवाग्राही प्रति व्यवहारमा नम्रता एवं शिष्टता देखाउनुपर्ने, अस्पतालमा आउने बिरामीलाई तत्काल रेस्पोन्स गरी रोगको प्रकृति अनुसार उपचारको सेवा प्रदान गरी सेवाग्राहीलाई सन्तुष्टि दिलाउनुपर्नेजस्ता सुझाव दिइएका छन् । त्यस्तै, अस्पतालको विभिन्न विभाग तथा कक्षका मुख्य प्रवेश विन्दुमा सुरक्षा तैनाथी बढाउनेसम्मका सुझाव प्रतिवेदनमा दिइएको छ । त्यस्तै, बिरामीको आफन्त र बिरामीलाई समयमा नै अस्पतालले सही काउन्सिलिङ्ग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । छानबिन समितिले बनाएको प्रतिवेदनमा हरेक तवरबाट अस्पतालकै कमजोरीले गत साताको घटना भएकाे देखाइएको छ । कतै पूर्वाधारमा कमि भएकाले त कतै जनशक्तिमा कमि भएकाले यसतो घटना भएकाे प्रतिवेदनमा उल्लेख गरिएको छ । यस सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘यो घटनाअघि यी सबै कुराहरुको अभावकै कारण यस्तो घटना घटेको देखिएको थियो । त्यसैले प्रतिवेदनमा छानबिन समितिले यसतो सुझाव दिएको हुनुपर्छ ।’ थप जानकारीका लागि भने उनले छानबिन समितिका प्रमुख र सहायत प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टलाई सम्पर्क गर्न भने । तर, पटक पटकको सम्पर्कमा पनि उनको फोन उठेन । यता भेरी अस्पतालले साहूहिक रुपमा कुटपिट गर्न खोजिएको भनेर मुद्दा दर्ता गराइएको अस्पतालका प्रवक्ता डा. संकेत रिजालले बताए । सँगै छानबिन समितिले जारी गरेको प्रतिवेदन बारे आज संयोजकहरुको बैठक बसिरहेको उनले बताए । भने, ‘अहिले अस्पतालले प्रतिवेदनमाथि बोलेको छैन् । संयोजकहरुको बैठक आज बसिरहेको छ । उहाँहरुले नै बोल्नुहुन्छ ।’ हाल अस्पतालमा भएको घटनामा तीन जनालाई पक्राउ गरिएको छ । मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई अस्पतालमा भएको घटनामा आरोपितको रुपमा पक्राउ गरेर छानबिन भइरहेको गेलालले बताए । ‘तीन जना व्यक्तिलाई रोक्न खोज्दा अन्यलाइ पनि अफठ्यारो अवस्थामा पारेको देखिएको छ,’ उनले भने, ‘उनीहरुलाई कानुनी कारवाही गरिन्छ । हदैसम्मको कानुनी कारबाही गर्ने भनिएको छ ।’ यस्ताे छ छानबिन समितिले तयार पारेकाे प्रतिवेदन